|

काठमाडौं : सरकारले अघिल्लो आर्थिक वर्ष २०७४७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षणअनुसार सो आवमा ५३ अर्ब ५८ करोड आठ लाख रुपैयाँ बेरुजु देखिएको छ।

सो आवमा सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। आन्तरिक लेखा परीक्षणमा कुल बजेट खर्चका ४.९४ प्रतिशत बेरुजु देखिएको छ।

नियमअनुसार खर्चको पुष्टि हुन नसके, खर्चको कागजात पेस गर्न नसके, पेस्की फस्र्योट हुने नसकेको रकमलाई बेरुजु मानिन्छ। महालेखा नियन्त्रक कार्यालय मातहतका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिएको आन्तरिक लेखा परीक्षणबाट उक्त रकम बराबरको बेरुजु देखाएको कार्यालयले उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.