सबैको सहयोगी बन्ने शेर्पाको उद्घोष

|

सोलुखुम्बु :  माप्यदुधकोसीको काँकुमा जन्मेका फुर्वा शेर्पा धेरैको धन्यवादको पात्र बन्न सफल भएका छन्। विगत १४ वर्षदेखि अमेरिकामा ट्याक्सी चलाउँदै आएका शेर्पाले नेपालका विभिन्न व्यक्तिलाई सहयोग गरेर धन्यवादको पात्र बनेका हुन्। १० वर्षको उमेरमा बाबुआमा दुवै गुमाएका शेर्पा अहिले सबैको सहयोगी बनेका छन्। शेर्पाले आफ्नै पहलमा जिल्लाको नेचासल्यानका आङपासाङ शेर्पालाई र काठमाडौंमा अनाथ बालबालिकालाई पढाउँदै आएका राजन विश्वकर्मालाई केही दिनअगाडि मात्रै सहयोग रकम हस्तान्तरण गरेको बताए।

रोजगारीको सिलसिलामा मलेसिया गएका आङपासाङ शेर्पा दुर्घटनामा पर्दा मलेसियास्थित एक अस्पतालले खट्टा काटिदियो। 'त्यहाँबाट काम गर्न नसक्ने भन्दै कम्पनीले समेत आङपासङलाई नेपाल फिर्ता पठाउने निर्णय गरेछ।' सहयोगी शेर्पाले भने, 'नेपाल आउनको लागि रकम अभाव भएको थाहा पाएपछि मेरै नेतृत्वमा अमेरिकाबाट ६ लाख रकम संकलन गरेर नेपाल ल्यायौँ।' 'काटिएको खुट्टामा पुन क्यान्सर भएपछि उपाचार खर्च अभाव भएको खबर पाइयो।' शेर्पाले सुनाए, 'सानो सहयोगले मान्छेको जिन्दगीमा ठूलो महत्व राख्छ, त्यसैले शेर्पा किदुक अमेरिकामार्फत सहयोग संकलन गरि करिब रु.६ लाख सहयोग दियौँ।'

शेर्पा किदुक अमेरिकाका खेलकुद संयोजकसमेत रहेका फुर्वा शेर्पाको पहलमा संकलन भएको रु.५ लाख ७४ हजार ७० रुपैया यही सोमबार हस्तान्तरण गरेको बताए।

यस्तै अनाथ बालबालिकालाई सहयोग गर्दै आएका राजन विश्वकर्मालाई समेत रु.१ लाख २२ हजार सहयोग गरेको शेर्पाको भनाइ छ। उक्त सहयोग शेर्पाको एक्लो प्रयासबाट भएको बताइएको छ। उनका अनुसार सहयोग संकलनको अभियान आफैँले सञ्चालन गरिएको हो।

'गाउँ समाजमा केही गर्छु भन्ने भावना भएका पछाडि परेकालाई सबैले सहयोग गर्नुपर्छ।' शेर्पाले भने, 'यस्ता व्यक्तिहरुको पहिचान गरी सहयोग गर्ने मेरो भविष्यको योजना हो।'      विभिन्न कारणले पछाडि परेका समाज र व्यक्तिलाई अगाडि बढाउनु सबैको कर्तव्य रहेको शेर्पाको भनाइ छ। सामाजिक भावनाको विकास आवश्यक भएको भन्दै समाज रूपान्तरणमा सबैलाई एक भएर अगाडि बढ्नसमेत समाजसेवी शेर्पाले आग्रह गरे।

'देश विकासका लागि सबैले सकारात्मक सोचका साथ अगाडि बढ्न सकेको खण्डमा कोही पनि गरिब बन्नुपर्ने स्थिति हुँदैन' शेर्पाले भने, 'यहाँ धनी निकै धनी र गरिब जहिल्यै पनि गरिब बन्नुको पछाडि सहयोगी भावनामा कमी हुनु हो।' पछाडि परेका समुदाय र वर्गलाई अगाडि बढाउने जिम्मेवारी राज्य र शिक्षित वर्गको भएको समेत शेर्पाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.