|

काठमाडौं : नेपालले पहिलोपटक सेवा क्षेत्रमा उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार जित्न सफल भएको छ। लेखा व्यवसायीको क्षेत्रीय संगठन साफाको अवधारणा र नेपाल चार्टर एकाउन्टेन संस्था आइक्यानको सिफारिसमा नेपालको होटल र्‍याडिसनले पहिलोपटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको हो।

सन् २००३ बाट साफाले यस्तो पुरस्कार दिने गरेको र आइक्यान नेपालको तर्फबाट उत्कृष्ठ प्रतिवेदनहरू सिफारिस गर्ने गरे पनि सन् २०१६/१७ को प्रतिवेदनलाई आधार मानेर पुरस्कार दिइएको हो। ओरियण्ट होटल लिमिटेडअन्तर्गतको नेपालको होटल र्‍याडिसनका साथै श्रीलंकाको न्वारा इरियल्स होटललाई संयुक्त रूपमा अवार्ड दिइएको हो।

त्यस्तै बैंकिङतर्फ उत्कृष्ठ अवार्ड नेपालको सिटिजन बैंकले पाएको छ। दक्षिण एसियामा नै नेपालले यस्तो अवार्ड जित्नुले वित्तीय प्रतिवेदन थप सदृढ गर्न प्रोत्साहन पुग्‍ने आइक्यानका अध्यक्ष जगनाथ उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.