|

काठमाडौ. : सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ। 

इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो। महत्वपूर्ण आयोजनका रूपमा लिइएको मेलम्चीलाई सरकालेनिर्माणका बाँकी जिम्मा सेनालाईदिने तयारी गरेको हो भन्ने खबर राजधानी दैनिकमा छ। 

स्रोतकाअनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरेहेका छ। तर, सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रुपमा नेपाली सेनालाई राखेको हो। 

सीएमसीले काम छाडेपछि बाँकी काम अगाडि बढाउनका लागि सरकारले सेनालाई पनि उपयुक्त विकल्पका रूपमा छानेको खानेपानी स्रोतको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.