|

इलाम: संरक्षित वन्यजन्तु सालकको खपटासहित इलाममा पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मेची राजमार्गको बरबोटे–३ मा आइतबार राति ९ बजेको समयमा पाँचथरबाट इलाम तर्फ आउदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुबाहक सवारी साधनमा सालकको खपटा सहित उनीहरु पक्राउ परेका थिए।

पक्राउ पर्नेमा पाँचथर रानीटार–४ का डेनी सुव्वा, झापा खुदुनाबारी घर भइ पाँचथर फिदिम–१ बस्ने विनोद शिवा, झापा दमक घर भइ फिदिम–१ बस्ने योगेश नेपाली, फिदिम–१ का जिवन सुजी र पाँचथर लुम्फाबुङ्ग–१ का सागर लावती छन्। उनीहरुको साथबाट २ केजी ८ सय ग्राम खपटा बरामद गरिएको जिल्ला वन कार्यालयले जनाएको छ।

पक्राउ गरिएका ५ जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ वर्षदेखी १५ वर्षसम्म कैद सजाय हुने जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.