|

बैतडी : लगातारको हिमपातले बैतडी, बझाङ र डडेल्धुराका राजमार्गहरु दुई दिनदेखि  अवरुद्ध छन्। मंगलबारदेखि निरन्तर भएको हिमपात हुँदा सडकमा बाक्लो हिउँ जमेको छ।

हिउँ जमेकाले दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र भिमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको अनारखोली, खोडपे, डडेल्धुराको भालुमारे, हगुल्टे साहुँखर्क र बझाङको देउलेक, बित्थडलगायतका क्षेत्रका सडकमा चार फिटसम्म हिउँ जमेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन्। पहाडवाट तराई र तराईवाट पहाड आउने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। राजमार्ग सञ्चालनका लागि बैतडी र डडेल्धुरामा डोजरको सहायताले हिउँ पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। हिउँ पन्छाउन अझै केही घण्टा लाग्ने प्रहरीले बताएको छ।

विद्युत् अवरुद्ध

सोमवार राति गएको हावाहुरी र हिमपातले बैतडीमा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। 

हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।

लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको केन्द्रले जनाएको छ। विद्युत सेवा अवरुद्घ हुँदा यहाँको नागरिक सञ्चारविहीन भएका छन्। यहाँ सञ्चालित रेडियो  प्रशारणमा समस्या हुनुका साथै विद्युतवाट सञ्चालन हुने कामकाज प्रभावित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.