|

विराटनगर : विराटनगर–१५ मा रहेको श्रीराम बोर्डिङ स्कुलको म्याजिक भेन बिहीबार बिहान पल्टिँदा त्यसमा सवार ६ जना विद्यार्थी घाइते भएका छन्। ६ जनामध्ये २ जनाको अवस्था गम्भीर छ। घाइते सबै विद्यार्थीको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

बिहान ९:५५ बजे बस दुर्घटना भएको उक्त स्कुलका अभिभावक विकास थापाले जानकारी दिए। ठेकेदारले बाटो बनाउने क्रममा थुपारिएको माटोमा भेनको चक्का चिप्लिएको र दुर्घटना भएको उनको भनाइ छ।

दुर्घटनामा परी घाइते हुने विद्यार्थीहरुमा विराटनगर १७ का ७ वर्षीय कुनाल साह, ८ वर्षीय कृष्ण राजवंशी, ६ वर्षीय आयुष यादव, ११ वर्षीय व्यूटी साह, १५ वर्षीय मझार अन्सारी र १० वर्षीय दिलनवाज अन्सारी रहेका छन्। स्थानीयले भने सडक निर्माणका क्रममा जथाभावि खनिएको र माटो थुपार्ने, खाल्डो पार्ने छोड्ने गरेको हुँदा दुर्घटना भएको भन्दै नगरपालिका विरुद्ध आक्रोश पोखेका छन्। उक्त भेनमा दर्जनबढी विद्यार्थी सवार थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.