|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बिहीबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गरेको हो। गत माघ दुई गते मुटु,श्वासप्रश्वास र छातीमा सङ्क्रमण भएपछि उनको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ।

अधिकारीको गत बुधबारदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका भाइ ८२ वर्षीय भरतमोहन अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री,तत्कालीन नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका छन्। नेकपाको स्थापनाकालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागि अधिकारी कोशी प्रान्तिय कमिटी, नेकपा मार्क्सवादी र पछिल्लो कालखण्डमा तत्कालिन एमालेको नेतृत्व पङ्तिमा सक्रिय रहदै हाल नेकपाको केन्द्रीय नेताका रुपमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.