|

डोल्पा : हिमपातका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध भएको छ। हवाई मैदानमा जमेको बाक्‍लो हिउँ बिहीबार पनि नपग्लेपछि विबिमानस्थल अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जानकारी दिएको छ।

मंगलबार बाक्लो हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भए पनि बुधबार वर्षा जारी रहेका कारण कुनै पनि उडान हुन सकेको थिएन। विमानस्थलमा बाक्लो हिउँ जमेको र बिहीबार पनि हिउँ नपग्लेकाले तीन दिन नेपालगञ्ज विमानस्थलदेखि कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए।

डोल्पाली जनताका लागि जिल्लाबाहिर आवतजावत गर्ने एक मात्र भरपर्दो यातायातको साधनको रूपमा रहेको जुफाल विमानस्थल बन्द  भएपछि आवतजावत मात्रै नभई दैनिक उपभोग्य सामाग्रीसमेत ढुवानी हुन सकेको छैन। लामो समयदेखि उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ। उडान हुन नसकेपछि समयमै गन्तव्‍यसम्म पुग्न नपाइएको जुफाल पुगेका यात्रुहरूले गुनासो गरे।

बिहीबार बेलुकीसम्म घाम लागेर हिउँ पग्लेपछि शुक्रबार उडान हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालको जनाएको छ। लगातारको हिमपातका कारण चिसो बडेकाले डोल्पाली जनताको जनजीवन कष्टकर बन्दै भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.