|
फाइल फोटो

काठमाडौं : नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पराजित भएको छ। यूएईले नेपाललाई तीन विकेटले पराजित गरेको हो।

शुक्रबार यूएईले ११४ रनको विजयी लक्ष्य ३२ ओभर १ बलमा ७ विकेट खर्चेर पार गरेको थियो। अमिर हायात र ईमरान हाइदरले महत्वपूर्ण साझेदारी गर्दै यूएई टिमलाई जित दिलाए। ४३ रनको साझेदारी गरेका आमिर २४ र ईमरान १८ रनमा अविजित रहे।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान दुईदुई विकेट लिँदा सोमपाल कामीले एक विकेट आफ्नो खातामा पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो ब्याटिङ गर्न सकेन र ३३ दशमलव ५ ओभरमा मात्र ११३ रनमा समेटियो। नेपालका लागि कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन्। नेपाली बलर सोमपाल कामीले सबैभन्दा बढी ३० रन बनाए।

आरिफ शेखले २५ र पारस खड्काले २० रन बनाए। सन्दीप लामिछानेले १५ रन बनाए। नेपालका ओपनर ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भए। दिपेन्द्रसिंह ऐरी र वसन्त रेग्मीले पनि खाता खोल्न सकेनन्। अरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.