कांग्रेसलाई आन्दोलन नगर्न आग्रह

|

पोखरा : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले विधिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेर पास गरेको भन्दै कांग्रेसलाई संसद् अवरुद्ध नगर्न आग्रह गरेका छन्।

शनिबार पोखरामा प्रेस संगठनको आयोजनामा पत्रकारहरूसँग भएको कुराकानीमा वरिष्ठ नेता नेपालले कांग्रेसले रोजेको आन्दोलनको तुक नरहेको तर्क गरे। ‘कांग्रेसले आन्दोलनको बाटो रोज्नुहुँदैन,’ नेता नेपालले भने, ‘चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रियाअनुसार संसदमा पेस भएको हो। विकास निर्माणमा सरकारलाई सहयोग गर्न जुटेर लाग्नुपर्ने बेलामा आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत हो, म कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गर्दछु।’

नेकपाले कांग्रेसलाई पन्छाउने गरेर कुनै काम नगरेको उनको भनाइ थियो। नेता नेपालले डा. गोविन्द केसीले केसीले विधिको शासन पालना नगरेको आरोप लगाए। ‘हाम्रो पार्टीको तर्फबाट डा.गोविन्द केसीलाई विधिको पालना गर्न म आग्रह गर्दछु’ उनले भने।

त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि डा. केसीको मागबमोजिम नै चिकित्सा शिक्षा ऐन आएको भन्दै विधिको शासन पालना गर्न आग्रह गरे। ‘सम्झौता अनुसारको कुरा नआएको होला तर, मर्म र भावना सबै समेटिएको छ। शत प्रतिशत हुने नहुने कुरा त संसदको पनि आफ्नै सार्वभौम अधिकारको कुरा हो। संसदको अधिकारको कुरा बाहिरबाट केसीले भनेर हुने होइन।’ त्यस्तै, नेता श्रेष्ठले कांग्रेसले चिकित्सा शिक्षा ऐनको विषयमा अनावश्यक संसद अवरुद्ध गरेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.