|

नेपाली युवा क्रिकेटर रोहित पौडेलले भारतका महान् क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका चर्चिक क्रिकेट खेलाडी साहिद अफ्रिदीको रेकर्ड तोडेका छन्।

रोहितले युएईविरुद्धको पहिलो एकदिवसीय सृंखलाको दोस्रो खेलमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड राखेका हुन्। रोहितले १६ वर्ष १४६ दिनको उमेरमा एकदिवसीय क्रिकेटमा अर्धशतक बनाएका हुन्। उनले ५८ बलमा ५४ रन बनाएर रेकर्ड प्रदर्शन गरेका हुन्। यो महत्वपूर्ण प्रदर्शनसँगै रोहित कम उमेरमा एकदिवसीय अर्धशतक बनाएर इतिहास राख्ने पुरुष खेलाडी बनेको इन्टरनेशनल क्रिकेट काउन्सिलले जनाएको छ।

यसअघि कम उमेरमा टेस्टमा रेकर्ड बनाउने खेलाडी भारतीय क्रिकेटर सचिन तेन्दुलकर थिए। तेन्दुलकरले पाकिस्तानविरुद्ध १६ वर्ष २१३ दिनको उमेरमा ५९ रन बनाएर टेस्ट क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए। एकदिवसीयमा यो रेकर्ड पाकिस्तानका चर्चित खेलाडी साहिद अफ्रिदीको नाममा थियो। अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए। उनले १०२ रन बनाएर रेकर्ड राखेका थिए।

पहिलो एकदिवसीय सृंखलाको दोस्रो खेलमा नेपालले अहिले फिल्डिङ गरिरहेको छ। नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.