|

बाँके : बैंकको एटिएम तोडफोड गरेको आरोपमा बाँके प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

कोहलपुरस्थित सिद्धार्थ बैंकको एटिएम फुटाएर रकम लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरी प्रदेश ५ ब्यूरोको टोली र इलाका प्रहरी कार्याल कोहलपुरको टोलीले एक युवतीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। 

सिसि क्यामराको फुटेजको आधारमा जुम्लाका कृष्ण खत्री, अनिल सुनार र उनीहरूसँग बस्दै आएकी एक युवतीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। गत १२ माघमा एटिएम तोडफोड गरि फरार रहेका उनीहरूलाई कोहलपुर बसपार्कनजिक रहेको फेसबुक कटेजबाट नियन्त्रणमा लिएको उनले बताए। 

उनीहरूका साथबाट एटिएम तोडफोड गर्न प्रयोग गरिएको हथौडा, चक्कु लगायतका सामान पनि बरामद भएको उनले बताए। उनीहरूले कोहलपुर क्षेत्रमा चोरी गर्दै आएको प्रहरीले दावी गरेको छ। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको र अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.