|

रुकुम : रुकुम पश्चिममा मृग (रतुवा) लुकाई छिपाई गाडीमा लिँदै गरेको अवस्था दुई जना पक्राउ परेका छन्। दाङबाट रुकुम पश्चिमको सिम्लीतर्फ जाँदै गरेको ना.५ ख. ७९४ नम्बरको बसको डिक्किभित्र अबैध रुपमा मृग लुकाई छिपाई लिई गइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा खोजी गर्दा मृग फेला परेको हो।

बस चालक सल्यान तेजबहादुर केसी र सवारी धनी दाङ निवासी लिला डाँगीसहित उक्त सवारी साधन समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी जिल्ला बन कार्यालय रुकुम पश्चिममा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए।

उनका अनुसार उनीहरूलाई बन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.