|

काठमाडौं : राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मेला सुरु भएको छ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसियसन नेपाल क्यान महासघले गरेको सुबिसु क्यान इन्फोटेक २०१९ को मंगलबार सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माण गर्ने सरकारको योजनामा सबैलाई सहभागी हुन आह्वान गरे। प्रविधिमा गरिने लगानीको सुश्चितता सरकारले गर्ने भन्दै उनले विगतमा भएका गल्ती सच्याउदै अघि बढ्नुपर्नेमा जोड दिए।

व्यापारीले आफूलाई फाइदा हुने काम र क्षेत्र मात्रै रोज्न सक्ने तर सरकारले त्यसो गर्न नसक्ने भन्दै उनले दुर्गम क्षेत्रमा प्रविधि पुर्‍याउने सरकारी योजनामा सहकार्य गर्न पनि आग्रह गरे। उनले विशेष आर्थिक क्षेत्रहरुमा आइटी क्षेत्रलाई पनि छुट्टै स्थान श्रृजना गर्ने गरी व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिसकिएको जानकारी दिए।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु सुबिसु क्यान इन्फोटेक २०१९ मेला आगामी २० गते सम्म चल्ने छ। मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १७५ स्टल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.