|

काठमाडौं : संविधान संसोधन प्रस्तावबारे सरकार र मधेसी मोर्चा आवद्ध आन्दोलनरत संघीय गठबन्धनबीच बुधबार निर्णायक छलफल हुने भएको छ। 

छलफलका लागि मोर्चासहितको संघीय गठबन्धनका नेताहरुलाई अहिले ९ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संसोधन प्रस्तावमा सहमति नजुटेपछि सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनका नेताहरुसँग छलफल गरी साझा प्रस्ताव बनाउन बैठक बोलाएका हुन्।

छलफलमा समान धारणा बने बुधबार नै संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ। गठबन्धनका नेताहरुले भने सरकार गठनका बेला भएको सहमति अक्षरसः पालना हुनुपर्ने भन्दै संसोधन प्रस्ताव हेरेर मात्रै आफ्नो धारणा राख्ने बताएका छन्।  

मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बैठकमा प्रधानमन्त्रीको प्रस्ताव सुनेपछि आफ्नो धारणा राखिने बताए। सरकारले मधेशी जनजातिलगायतका माग सम्बोधन गरी निर्वाचनमा जान चारवटा विषयमा संविधान संसोधन गर्नुपर्ने औपचारिक प्रस्ताव सार्वजनिक गरिसकेको छ।

मधेशी दललाई मान्य हुने गरी प्रदेशको सीमा फेरबदल, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषा सम्बन्धी विषयमा संसोधन गर्नुपर्ने सरकारको प्रस्ताव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.