|

काठमाडौं : एसिया कप खेल्नका लागि नेपाली महिला क्रिकेट टोली बुधबार थाइल्याण्ड जाँदैछ। दुई महिना अघि हङकङमा भएको विश्वकप छनौटको एसिया क्षेत्रमा दोस्रो हुँदै नेपाल एसिया कपमा छनौट भएको हो। 

एसियाली क्रिकेट परिषद (एसीसी)को आयोजनामा संचालन हुने प्रतियोगिता आगामी शनिबारदेखि सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले शनिबार पाकिस्तान, सोमबार श्रीलंकासँग खेल्नेछ भने १४ गते मंगलबार बंगलादेश, १६ गते बिहीबार थाइल्याण्ड र १७ गते शुक्रबार भारतससँग प्रतिष्पर्धा गर्नेछ। 

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा प्रशिक्षक राजु बस्न्यातले गरेका छन्। कम्तीमा एक टेष्ट राष्ट्रलाई हराउने आफूहरुको लक्ष्य रहेको बस्न्यातले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.