|

इलाम : राष्ट्रिय महिला फुटबल टिम पाँच दिने ‘क्लोज क्याम्प’ का लागि झापा पुगेको छ।

भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टिमले बिहीबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ –एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। उनले भने, ‘महिला टिमले पाँच दिनसम्म झापामा रहेर अभ्यास गर्नेछ।’ अभ्यास चन्द्रगढीस्थित मेची रंगशालामा गर्नेछन्।

महिला टोली बुधबार भद्रपुर पुगेको हो। यसअघि मुख्य प्रशिक्षक हरि खड्काले कप्तान नीरु थापाको नेतृत्वमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेका थिए। भारतले आयोजना गर्ने प्रतियोगितामा आयोजकसहित नेपाल, म्यानमार र श्रीलंका सहभागी छन्। 

माघ २३ देखि फागुन ५ सम्म हुने प्रतियोगितालाई साफ च्याम्पियनसिप र ओलम्पिक छनोटको तयारीको रुपमा समेत लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.