|
फाइल फोटो

काठमाडौं : युएईविरुद्धको पहिलो टी-२० श्रृंखलाको पहिलो खेलमा युएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ। 

युएईले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो। 

युएईका लागि साहिमान अनवारले ५९ रन बनाएका थिए। उनलाई  अविनाश बोहराले बोल्ड आउट गरेका थिए। त्यसैगरी युएईका मोहम्मद नावीलाई बसन्त रेग्मीले आउट गरेका हुन्। 

कप्तान नाबीलाई बसन्तले १ रनमा आउट गरेका हुन्। बसन्तको यो व्यक्तिगत दोस्रो विकेट हो। पाँचौँ विकेटका रूपमा अनवारलाई बोहराले बोल्ड आउट गरेका हुन्। 

नेपाललाई चौथो सफलता सन्दीपल लामिछानेले दिलाएका हुन्। युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा भइरहेको खेलमा टस जितेर बलिङ रोजेको नेपाललाई चौथी सफलता मिलेको हो। 

सन्दीपले नेपालका लागि महत्वपूर्ण विकेट लिएका हुन्। उनले साहिमान अनवार र महमुद उस्मानबीचको ६१ रनको साझेदारी तोडेका हुन्। खेलमा दोस्रो विकेट लिने क्रममा सन्दीपले उस्मानलाई आउट गरेका हुन्। उस्मानलाई ३० रनमा आउट गरिएको हो। 

युएईले १५ ओभरमा चार विकेटको क्षतिमा ११४ रन बनाएको थियो। 

नेपाललाई तेस्रो सफलता बसन्त रेग्मीले दिलाएका थिए। बसन्तले सिपी रिजवानलाई आउट गरेका हुन्। यसअघि नेपाललाई सोमपाल कामीले दिलाएका हुन्। सोमपालले युएईका गुलाम साबेरलाई आउट गरेका हुन्। यसअघी नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले अस्फाक अहमदलाई दुई रनमा आउट गरेका थिए। 

नेपाल र युएईबीच तीन खेलको टी-२० श्रृंखला भइरहेको हो। 

युएई यात्रामा रहेको नेपालले तीन खेलको एकदिवसीय श्रृंखला जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.