|

काठमाडौं :  नेपाल र युएईबीचको दोस्रो टि -२० खेल अन्तर्गत नेपालले रनको तार्गेट १०८ रनको टार्गेट पाएको छ। १९.२ ओभरमा सबै विकेट पतन भएर युएईले १०७ रन हानेको हो। 

१९.२ मा युईइलाई अलआउट गर्ने क्रममा सबैभन्दा बढी अविनास बोहोराले तीन विकेट झारे। त्यस्तै सोमपाल कामी, संदीप लामिछाने र करण केसीले समान दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिएका हुन्। 

कसको विकेट कसले लिए

अविना बोहोरा

अविना बोहोराले नबौँ विकेटको रुपमा सिपी रिजवानको झारेका थिए भने उनले अमिर ह्यात र मोहमद नाभिदको पनि विकेट झारेका हुन्। चार ओभर खेल्दा उनले २० रन दिए। 

सोमपाल कामी

सोमपाल कामीले चार ओभरमा १५ रन मात्रै दिएर दुई विकेट लिए। उनले आस्फाद अहमद र गुलाम साब्बरको विकेट झारेका हुन्। 

सन्दीप लामिछाने

सन्दीप लामिछानेले चार ओभरमा १९ रन दिए। उनले साहिमान अन्वार र मुहमद उसमानको विकेट लिएका हुन्। 

करण केसी

करण केसीले दशौँ ओभरको रुपमा जाहुर खानको विकेट लिएका थिए। भने अर्को विकेट मोहमद बोटाको लिएका थिए। त्यस्तै ललितनारायण राजबंशीले शुल्तान अहमदको विकेट लिए भने पवन सारिफले विकेट लिन सकेनन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.