|

काठमाडौं : उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस  टिभी संचालनमा आएको छ। विनातार टिभी हेर्न सकिने प्रविधि आधारित टिभी भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। 

नेपालको सुदूरपश्चिमबाट वायरलेस टिभीको सेवा सुरु गरेको कञ्चन स्काईले सो सेवा राजधानी काठमाडाैंमा पनि विस्तार गरेको हो। डिजिटल वारलेस टिभी तारविना नै हेर्न सकिने भएकाले अन्य को तुलनामा सस्तो हुने दाबी कञ्चन स्काई टेलिभिजनले गरेको छ। नेपाल सरकारबाट एउटै सेटअप बक्सबाट धेरै जनाले एकैपटक धेरै च्यानल हेर्न सक्ने (डिभिबी) डिजिटल भिडियो ब्रोडकास्टिङको मापदण्डमा यो टिभि हेर्न सकिने भएकै कारण पछिल्लो अत्याधुनिक प्रविधिको रुपमा यसको उदय भएको हो।

यो प्रविधि डिभिबी एस टु मोडुलेसनमा आधारित भएकोले यसलाई सफल प्रविधिको रुपमा मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.