|

इटहरी : इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि लिग लिडर मनाङ मर्स्र्याङ्दी र विभागीय टिम त्रिभुवन आर्मी क्बल काठमाडाैं विजयी भएको छ। लिग लिडर मनाङलाई २-० गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब काठमाडाैंले उपाधि चुमेको हो। 

अघिल्लो वर्ष उपविजेतामा चित्त बुझाएको आर्मीले यो वर्ष भने उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि हात पारेको हो। पहिलो हाफदेखि आक्रमक खेल खेलेको आर्मीले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको थियो। खेल सुरु भएको ५ औं मिनेटमै आर्मीका लागि टंक बस्नेतले पहिलो फ्रि कीकको सदुपयोग सानदार गोल गरे। सुरुवाती समयमै गोल खाएको मनाङलाई दवाव परेको थियो।  सुरुदेखि नै १-० को गोल अन्तरमा परेको मनाङ पहिलो हाफभरि लयमा खेल्न सकेन।

मनाङका आशाको रुपमा रहेको विदेशी खेलाडी अफिज ओलाओलेले मौदानमा राम्रो खेल्न सकेनन्। दोस्रो हाफको २५ औ मिनेटमा अफिज ओलाओलेले आर्मीको गोल किपर विकेश कुथुलाई फल्ड गर्दा रेड कार्ड पाएर मौदान बाहिरिए। १० खेलाडी सिमित रहेको मनाङलाई थप दवाव परेको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा भरत खवासले डुब्लीङ गदै उत्कृष्ट गोल गरी टिमलाई ,जितको सुनिश्चिता गरे । खेल अवधिभर पहेलो कार्डको वर्षा भएको थियो। आर्मीका पदम तामाङ, भरत खवास, विकास तामाङ र सेसेहाङ लिम्बूले पहिलो कार्ड पाए। त्यस्तै मनाङका कमल श्रेष्ठ, विराज महर्जनले पहेंलो कार्ड पाए।

खेलको म्यान अफ द म्याच आर्मीका विमल पाण्डे घोषित भए उनले नगद १० हजार पाए।  त्यस्तै बेष्ट गोलकिपरमा आर्मीका विकेश कोथु बने उनले नगद २० हजार पाए।  सर्वाधिक गोलकर्तामा आर्मीकै भरत खवास घोषित हुँदै २५ हजार पाए उनी वेष्ट फर्रर्वड समेत घोषित हुदै नगद २० हजार पाए।  वेष्ट डिफेण्ड मनाङका सुरज विकले पनि २० हजार पाए। वेष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ भए २० हजार पाए। त्यस्तै इटहरीको उदयमान खेलाडीमा राष्टिय जागृति क्लब इटहरीका  उमेश राई घोषित हुदै २४ इन्चको एलइडी टिभी पाए। 

खेल अवधिभर उत्कृष्ट खेल उपाधिमा त्रिभुवन आर्मीका टंक बस्नेत घोषित भए। उनले २५ हजार  नगदसहित ४२ इन्चको टिभि पाए। वेष्ट कोचमा त्रिभुवन आर्मीका चुनबहादुर लामा घोषित हुदै २० हजार नगद पाएका छन्। प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्बल काठमाडाैंले नगद १६ लाख र उपविजेता मनाङले ८ लाख नगद पाएको प्रतियोगिताको संयोजक कोवित कार्कीले बताए। उनले भने प्रतियोगिता राम्ररी सफल भयो। 

कार्यक्रमका प्रमुख अतिथि राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेललाई आगमी वर्षमा जननेता मदन भण्डारीको नाममा थप बजेट हालेर पुरस्कार राशी बढाउँने बताए। उनले भने, 'इटहरीलाई स्पोर्टस सिटी बनाउन आफूहरू लागlएकाे छ।' 

प्रदेश एकमा मात्र नभई देशभरिकै सबै भन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता गर्ने तयारी रहेको उनको भनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.