|

काठमाडौं : छैठौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव बिहीबारदेखि काठमाडौमा सुरु भएको छ। 

महोत्सव नेपाली लोकबाजा संग्रहालयले सांस्कृतिक संस्थानसँगको सहकार्यमा आयोजना गरेको हो। राष्ट्रिय नाचघर जमलमा तीन दिनसम्म चल्ने महोत्सव अन्तर्गत बिहान १० देखि बेलुका ५ बजेसम्म दैनिक तीन शो हुने आयोजकले जनाएका छन्। 

महोत्सवमा नेपाल, भारत, बंगलादेश, बेलायत, अमेरिका, जापान लगायतका लोकसंगीत, संस्कृति, जीवनशैलीसँग सम्बन्धित आमन्त्रित, अप्रतियोगी र प्रतियोगी गरी २८ डकुमेन्ट्रीहरु प्रदर्शन गरिनेछ। प्रदर्शन गरिएकामध्ये उत्कृष्ट ६ वटा फिल्म घोषणा गरी पुरस्कार दिइने छ। वरिष्ठ जनकलाकार खुशीराम पाख्रिनलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ। 

३ देखि ९० मिनेटका फिल्म प्रदर्शन गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको लोकबाजा संग्रहालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.