|

प्यूठान : जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ। 

गौमुखी गाउँपालिका–३ घर भई बुटवल उप–महानगरपालिका–१२ नयाँगाउँ बस्दै आएका ३३ वर्षीय रमेश मल्ल पक्राउ परेका हुन्।

मल्ल २०६९ पुस ३ गते राति छिमेकी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार थिए। लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। 

ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतले मल्ललाई २०७२ भदौ २८ गते १९ वर्ष ११ महिना पाँच दिनको कैद सजाय फैसला गरेको थियो। त्यसपछि फरार थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.