|

काठमाडौं : लामो समयसम्म प्याकेटमा बन्द गरेर राखिएका बजारमा पाइने जुस खानु स्वास्थ्यको लागि हानिकारक हुने बताइएको छ। विज्ञहरूको एक अध्ययनले प्याकेटमा बन्द गरिएको जुस पिउन अयोग्य समेत भेटिएको छ।

उपभोक्तासम्बन्धी अध्ययन गर्ने कन्जुमर रिपोटर्सले गरेको अध्ययन अनुसार संसारका प्रमुख ४५ ब्राण्डका जुसमा क्याडमियम, इन अर्गानिक आर्सेनिक, पारो र सिसा जस्ता अखाद्य वस्तु फेला परेका थिए। त्यस मध्ये सात ब्राण्डका जुसमा धेरै मात्रामा धातुको मात्रा फेला परेको छ। ती जुस आधा गिलास मात्र सेवन गरे पनि बालबालिकामा तत्काल नकारात्मक असर देखिने बताइएको छ।

कन्जुमर रिपोटर्सका प्रमुख वैज्ञानिक जेम्स डिकरसनले बालबालिकामा मात्र होइन वयस्कमा समेत गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने बताएका छन्। जुसमा कुनै एक प्रकारको धातु भेटिनु भन्दा पनि एकैसाथ धेरै प्रकारका पदार्थ भेटिनु सबैभन्दा खतरनाक भएको अध्ययन प्रतिवेदनमा जनाइएकोछ।

बजारमा प्याकेटमा पाइने जुसले मानव विकास र मानवको स्नायु प्रणालीमा गम्भीरअसर गर्ने वैज्ञानिकहरूले बताएका छन्। अध्ययनमा संसारका प्रमुख ब्राण्डका जुसको नमूना समेटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.