साहित्य

कर्ण शाक्यको कोष सार्वजनिक
SHARES

माघ २२, २०७५

    काठमाडौं : पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यद्वारा लिखित ‘कोष’ पुस्तकको मंगलबार सार्वजनिक गरिएको छ। सोच, खोज, म सक्छुलगायतका प्रेरणादायक पुस्तक लेखी चर्चित बनेका शाक्यको नयाँ पुस्तक कोषमा पनि नेपाली जनजीवनको यथार्थ चित्रण गरिएको छ। 

    समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल, साहित्यकारद्वय प्रकाश सायमी र डा गीता त्रिपाठीले सो पुस्तकको मंगलवार आयोजित कार्यक्रममा लोकापर्ण गरेका हुन् । 

    सो अवसरमा समता शिक्षा निकेतनका सञ्जेलले लोकतन्त्रको संस्थागत विकासका लागि शिक्षा अपरिहार्य रहेको भन्दै आमजनताको पहुँचमा भन्दा कम लागतमा गुणस्तरीय शिक्षा पुर्‍याउने उद्देश्यले सबै जिल्लामा ८० वटा र विश्वका १२ वटा देशमा पनि समता स्कुल स्थापना गरेको जानकारी दिए । 

    साहित्यकार डा. त्रिपाठीले नेपालमा साहित्य र राजनीतिलाई अलग्याएर हेर्ने गरिएकाले राजनीति परिणाममुखी बन्न नसकेको बताउँदै मङ्गलवार लोकार्पण गरिएको कोष पुस्तकले नेपालको कर्मयोगका बारेमा सिकाउने बताइन् । 

    पुस्तकका लेखक शाक्यले कुराले नभई कर्मले नै मानिसलाई सफल बनाउने बताउँदै कोष पुस्तकले हरेक व्यक्तिलाई आशा, विश्वास र भरोसा जागृत बताए । समस्यासँग भागेर नभई जुधेर समाधानका विकल्प पहिल्याउन सकेमात्रै जीवन सार्थक हुने बताउँदै उनले हरेक नागरिकमा राष्ट्रप्रतिको कर्तव्यबोध नहुँदा नै नेपालले आर्थिक प्रगति गर्न नसकेको बताए ।

    फाइन प्रिन्टर्सले प्रकाशनमा ल्याएको सो पुस्तकको मूल्य रु ५०० रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]