|

नुवाकोट : भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किँदा ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए। 

नयाँ घर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो। घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए। तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.