|
प्रतिकात्मक तस्बिर

सुनसरी : धरान उपमहानगरपालिका-१८ राँगा चोकमा स्कुल बसको ठक्करबाट टेम्पोमा सवार ५ जना घाइते भएका छन्। भानुचोकबाट घोपा क्याम्पतर्फ यात्रु बोकेर जाँदै गरेको को२ह ५२२३ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै युरेको स्कुलको को१क १७०३ नम्बरको बसले बुधबार बिहान ठक्कर दिएको थियो।

बसको ठक्करबाट टेम्पोमा सवार धरान ५ देउराली बस्ने वर्ष ३२ की गंगा श्रेष्ठ, बर्ष २८ को गणेश लिम्बू, वर्ष ४३ की तीर्थकुमारी भुजेल, वर्ष ३१ की उर्मिला लिम्बू, र वर्ष ३९ की संगीता लिम्बू घाइते भएका छन्। उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.