|

दैलेख : दैलेखमा बुधवार बिहान जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते भएका छन्। दैलेखको महावु गाउँपालिकाबाट दैलेख बजार आउँदै गरेको लु२च ४५६८ नम्बरको जिप नारायण नगरपालिकाको कालिमाटी नजिक दुर्घटनामा परेको हो।

बुधवार बिहान करिब १०:५५ बजेतिर भएको दुर्घटनामा परी कालिकोटको डिल्लिकोटका वर्ष ४९ का रत्न रानामगर नारायण नगरपालिका ४ सोत निवासी वर्ष ८९ का दत्तबहादुर कठायत महावु गाउँपालिका ६ का वर्ष २२ का विनिता रावत र वर्ष १५ का अमर थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले जानकारी दिएका छन्। उनीहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र  पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.