|

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नम्बरको बसले बुधबार राति पौने १० बजेतिर ठक्कर दिँदा लु ५ प ६८५६ नम्बरको मोटरसाइकलमा सवार इच्छाकामना ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.