|

काठमाडौं : मेलम्ची आयोजनाले इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का रद्द गरेको छ। बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको आयोजनाका प्रमुख सूर्यराज कँडेलले जानकारी दिए।

बोर्ड बैठकले मेलम्ची आयोजना निर्माणका विकल्पहरू तयार गरेर सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ। ठेक्का रद्द भएपछि सरकारले फेरि नयाँ प्रक्रियामार्फत् ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ। ठेक्का रद्दा भएसँगै हालको मूल्यअनुसार सीएमसीसँगको दुई अर्ब १६ करोड धरौटी रकम जफत गरिएको कँडेलले जानकारी दिए। औपचारिक रूपमा बिहीबार ठेक्का तोडेको घोषणा गरे पनि यसभन्दा पहिले नै ठेक्का तोडिएको खानेपानी मन्त्रालयले जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.