|

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब मुलुकलाई प्रयोगशाला हुन नदिन सबै लाग्नु पर्ने बताएका छन्।

अहिलेसम्म मुलुकलाई सधै असफल प्रयोगशाला बनाईदै आएकाले जनताको बलिदानीबाट प्राप्त नयाँ व्यवस्थालाई सुदृढ गराएर अघि बढ्नुको विकल्प नरहेको भन्दै यसमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहनु पर्ने उनको भनाई छ। रेडियो प्रसार सेवा विकास समितिद्बारा तीनवटा प्रदेशका रेडियो नेपालका सम्बाददाताहरूको तीनदिने समावेसी प्रसार सामाग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालिमको सुर्खेतमा उद्दघाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

‘जनताले ठूलो मुल्य चुकाएर प्राप्त गरेको नयाँ व्यवस्थालाई प्रयोगशालाका रुपमा मात्र परिणत गराउन नदिन संचारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्छ’, उनले भने, ‘अब पनि अर्को व्यवस्थाका लागि भनेर जनताले बलिदानी दिनु नपरोस।’ 

रेडियो नेपालले समावेशी चरित्रलाई अर्थ पूर्ण र सार्थक बनाउनुपर्नेमा उनको जोड थियो। ‘संचारमाध्यमहरूले भ्रष्टाचार, कुरिति र कुसंस्कृतिबिरुद्ध आवाज बुलन्द गर्न आवश्यक रहेको छ’, मन्त्री भण्डारीले भने, ‘सरकारी तथा सामुदायिक संसारमाध्यमले आचारण, व्यवहार र भावनालाई पनि समावेशी गराउनु पर्छ।’ कर्णाली प्रदेश सरकारले पनि संचार माध्यमको भूमिकालाई मध्यनजर गर्दै कर्णाली रेडियो र टेलिभिजन खोल्नको लागि आवश्यक बजेट विनियोजन गरिसकेको भन्दै तदारुपताका साथ कार्यान्वयन गर्ने स्पष्ट पारे।

कर्णालीमा कतिपयले सरकारले सञ्चारमाध्यम खोल्न नहुने बताउदै आएका छन्।सरकारी सञ्चार माध्यमका रुपमा ऐतिहासिक विरासत भएको रेडियो नेपाल सरकारी रेडियोमा ‘वान्ली वान’ सँगै ‘नम्बर वान’ बनाउन तिर पनि ध्यान दिनुपर्ने मन्त्री भण्डारीको सुझाव छ। ‘गौरवशाली इतिहास बोकेको रडियो नेपालले राष्ट्रको आफ्नो मौलिक पहिचान र ऐतिहासिक भूमिकालाई सुदृढ गरी प्रादेशिक व्यवस्थापनमा पनि जोड दिन आग्रह गर्दछु’ भण्डारीले भने। यसैगरी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले रेडियो नेपालले समायनुकूल हिड्नु पर्ने बताइन्।

स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी रेडियो नेपाल अघि बढ्नु पर्ने उनको भनाई छ। शुक्रबारदेखि सुर्खेतमा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका रेडियो नेपालका सम्बाददाताहरूलाई तीनदिने तालिम शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.