|

ललितपुर : महालक्ष्मीस्थानमा गएराति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

राति ११ बजे बाटो हिँडिरहेका वेला सवारीसाधनले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका अन्दाजी ४० वर्षीय रूपक खरेलको मृत्यु भएको हो। सवारीसाधनको ठक्करले उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.