|

प्युठान : चट्याङले लाग्दा जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ खारखोलामा दुईजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरूङ र २७ वर्षीय नौमती घर्तीको मृत्यु भएको हो। घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

 नौबहिनी गाउँपालिका -६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति पुर्‍याएको बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.