|

हेटौँडा : हिउँका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। शुक्रबार रातभरको वर्षासँगै परेको हिउँका कारण अवरुद्ध सिमञ्ज्याङ–दामान सडक खण्डमा शनिबार दिउँसो १ बजेबाट सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिउँका कारण सडकमा साना तथा ठूला सवारी सञ्चालनमा समस्या भएसँगै उक्त सडकखण्ड अवरुद्ध भएको थियो। अहिले उक्त क्षेत्रमा हिउँ खेल्न काठमाडौं, हेटौँडा तथा अन्य स्थानबाट आएकाहरूले सिमभञ्ज्याङ तथा दामन क्षेत्र भरिएको छ। विशेगरी सिमभञ्ज्याङको मैत्री बगैँचा र दामनको भ्युटावर क्षेत्र हिउँले सेताम्मे भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.