|

भक्तपुरः सूर्य विनायक नगरपालिका ५ राधे राधेस्थित हनुमन्ते खोला किनारामा शनिबार एक बालिकाको शव फेला परेको छ। 

नामथर वतन नखुलेको अन्दाजी ८ वर्षीया बालिकाको शव सडी गली अनुहारसमेत पहिचान गर्न नसकिने अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

शवलाई पोष्टमार्तमको लागि टिचिङ अस्पताल काठमाडाैं पठाइएको छ। शवको सनाखत हालसम्म हुन नसकेको घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पोखरेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.