‘बा आमाले थाहा पाए आत्महत्या गर्नुहुन्छ’

|

‘मेरा आमा बुवा किसान हुन्। उहाँहरुलाई थाहा छैन कि म अमेरिकाबाट किन फर्केर आएँ। यदि आमाबुवालाई यसको सत्यता थाहा भयो भने उहाँहरुले सायद आत्महत्या गर्नुहुन्छ।’

वीरेश (नाम परिवर्तन)  त्यो नाम हो जो अमेरिकाको नक्कली विश्वविद्यालयमा पढ्न गए, जसलाई अमेरिकी गृह मन्त्रालयले अवैध घोषणा गरेको थियो।  त्यतिमात्र होइन, प्रवासको मानिसहरुलाई भुलाईरहन एउटा सशक्त माध्यम बनेको थियो त्यो विश्वविद्यालय। अमेरिकाको मिशिगनमा रहेको त्यो विश्वविद्यालयको नाम यूनिभर्सिटी अफ फार्मिग्टन।

उक्त विश्वविद्यालयमाथि अमेरिकी गृहमन्त्रालयले सञ्चालन नगर्न आदेश दिनुका साथै कारबाहीको लागि मुद्दा हालिसकेको थियो। साथै एजेन्टको भरमा भुक्तानी गरेर प्रवासमा बस्ने दलालहरुलाई पक्राउ गर्न समेत भनेको थियो। अमेरिकी अधिकारीहरुले विश्वविद्यालयमा पढ्न आउनेलाई नक्कली विश्वविद्यालय भन्ने थाहा भए पनि बाध्यताले बस्नु परेको बताएका छन्। साथै जसले यो विश्वविद्यालयलाई स्थापना गरेका थिए, त्यतिबेला पनि यो गैर जिम्मेवार भएको उनलाई थाहा थियो। तर उनले गैर जिम्मेबार ढंगबाट नै चलाउँदै आएका थिए।

अमेरिकी इमिग्रेशन एण्ड कस्टम एनफोर्समेन्ट विभागले पछिल्लो हप्ता मात्रै उक्त विश्वविद्यालयका  करीब ६ सयमध्ये १ सय ३० छात्रालाई हिरासतमा लिइएको छ।  जसमा १ सय २९ जना भारतीय छन्। भारतीय अधिकारीहरुले भने अधिकांश भारतीयहरु ठगीमा परेको दाबी गरेका छन्। भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित अमेरिकी दूतावासमा यसबारेमा आफ्नो विरोध जनाएको थियो। पक्राउ परेका आफ्ना भारतीय विद्यार्थीलाई विनासर्त रिहा गर्न पनि भारतीय अधिकारीले माग गरेका थिए।

१० लाख ऋण !

वीरेस ती छात्रमध्ये एक हुन जसलाई हिरासतमा लिइएको छैन्। उनी केहिदिन अघिमात्रै भारत फर्किए। उनले हैदराबादबाट टेलिफोनमा कुराकानी गर्दै भनेका छन्, ‘मैले आफ्नो बुवाआमासँग यो कुरा बताउन सक्दिनँ। यदि बताए भने उहाँहरुले आत्महत्या गर्नुहुन्छ।’ उनी परिवारमा अमेरिका जाने पहिलो सदस्य हुन्।

उनले भने, ‘ मैले आमाबुवासँग एच–१ भिसा प्राप्त भएको जानकारी गराएको छु। यही कारण घर आएको हुँ।’ तर जब सत्यता यो हो कि मैले १० लाख रुपैयाँ ऋण लिएर आफ्नो देशरघर फर्किएको हुँ। उनका अनुसार उक्त रकम मास्टर्स डिग्री गर्नको लागि ऋण लिएको तर अब न त उनीसँग डिग्री नै छ न त कुनै भविष्य। उनले भने, ‘मलाई ६ महिनाभित्र त्यो १० लाख ऋण फिर्ता गर्नु पर्नेछ। मलाई केही दिमागमा आइरहेको छैन।’

नक्कली यूनिभर्सिटी

हैदरावादको एउटा कलेलबाट सन् २०१३ मा वीरेशले इन्जिनियरिङमा स्नातक गरे। क्यालिफोर्नियाको नर्थवेस्टर्न पोलिटेक्निक विश्वविद्यालयबाट मास्टर्स गर्नको लागि डिसेम्बर, २०१४मा अमेरिका पुगे।

वीरेशले भने, ‘म अमेरिकाबाट मास्टर्स गर्न चाहन्थे। म घरमा एक्लो छोरा हुँ। हामी किसान परिवारबाट हौँ। म आफ्नो आमाबुवालाई हेरचाह गर्न चाहन्थेँ। तर हामीसँग न त खेतीको लागि जमिन थियो न त बस्नको लागि घर। म अमेरिका गएर केही वर्षमा आफ्नो परिवारको लागि एउटा घर किन्न चाहन्थेँ।’

मे, सन् २०१६मा नर्थवेस्टर्न पोलिटेक्निक यूनिभर्सिटीको विज्ञान, टेक्निक, इन्जिनियरिङ तथा गणितको पाठ्यक्रमको मान्यता रद्द भयो। यस्तोमा मास्टर्सको डिग्री लिनको लागि वीरेशले अर्को विश्वविद्यालयको सहारा खोजिरहेका थिए।

उनले भने, ‘म एक कन्ट्रयाक्टरको रुपमा काम समेत गरिरहेको थिएँ। मलाई प्रत्येक महिना ४ हजार डलर तलब आउँथ्यो। जबकी महिनाको खर्च १५ सय डलर हुन्थ्यो। जुन साथीको सहयोगले मलाई जागिर मिलेको थियो, त्यही साथीले मलाई यो ठग फार्मिग्टन विश्वविद्यालयको बारेमा बताएको थियो।’ यसो भन्दै गर्दा उनी झन भक्कानिदै भन्छन्, ‘मसँग अर्को दोस्रो विकल्प थिएन। यसकारण मैले उक्त विश्वविद्यालयमा प्रवेश गरेँ। काम चलि नै रहेको थियो। मलाई मास्टर्स डिग्री गर्नको लागि कुनै पनि कलेजमा गएर आखिर पढ्नु नै थियो।’ तर उनले कलेजको बारेमा सोधपुछ गर्दा कुनै जवाफ भने आएको थिएन। मात्र यहाँ पढाइ हुन्छ भन्ने जवाफ आउँथ्यो।

यसैबीच उनले सन् २०१७ मा एच– १ भिसाको लागि आवेदन दिएका थिए। चिठ्ठा प्रणालाीमा उनी छानिए पनि तर डकुमेन्ट हेर्दा उनको चिठ्ठालाई निलम्बनमा पारियो। यसपछि सन् २९ जनवरी सन् २०१९मा जब उनले अनलाइनको परीक्षा दिए तब थाहा पाए कि उनको आवेदन खारेज गरिदिएको रहेछ। उनी त्यतिबेला क्यालिफोर्नियामा बस्दै आएका थिए। उनी आफ्नो घरमा थिए जब उनले ३० जनवरीमा विश्वविद्यालयका छात्राहरुलाई गृहमन्त्रालयले गिरफ्तार गरिसकेको थाहा पाए। 

यसबारेमा भारती विदेश मन्त्रालयले अमेरिकामा पक्राउ परेका विद्यार्थीहरूप्रति गम्भीर चासो देखाउँदै दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रहका साथ कुटनीतिक विरोध जनाएको छ। ती विद्यार्थीहरूलाई विश्वविद्यालयमा भर्ना गर्ने नाममा छल गरेको हुन सक्ने भन्दै त्यसो गर्नेलाई कारबाही गर्न मन्त्रालयले माग गरेको छ।

‘हामीले अमेरिकी हिरासतमा रहेका सबै विद्यार्थीको पूर्ण विवरण भारत सरकारलाई दिन भनेका छौँ। यथाशीघ्र उनीहरूलाई हिरासतबाट मुक्त गर्न भनेका छौँ र उनीहरूको इच्छा विपरीत भारत नफर्काउन भनेका छौँ,’ भारतको विदेश मन्त्रालयले भनेको छ।

भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इन्डियाका अनुसार अमेरिकास्थित भारतीय दूतावासमा हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तहरूले सम्पर्क गर्न टेलिफोन हटलाइनको व्यवस्था गरिएको छ। दिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कुटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.