|

काठमाडौंः एनसेललाई होल्ड गर्ने कम्पनी एक्जियटाले एनसेल खरिद विक्रिमा भएको लाभकर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ। सर्वोच्च अदालतले एनसेल र एक्जियटाबाट कर उठाउनू भनेर रिट जारी गरेपछि एक्जियटाले यस्तो विज्ञप्ति निकालेको हो। 

एक्जियटाले लाभकर तिर्ने दायित्व बेच्ने टेलिया कम्पनीकै भएको जिकिर गरेको छ। एक्जियटाले ठूला करदाता कार्यालयले किनबेचका लागि ‘क्लिरियन्स’ दिइसकेको अवस्थामा लाभकरको विषय टुंगिएको र आफूहरुको तिर्नुपर्ने दायित्व नभएको पनि दावी गरेको छ।

साथै एक्जियटाले देश बाहिरको कारोबारमा लाभ करको विषय आकर्षित नहुने र भइहाले पनि बेच्नले नैं दायित्व बहन गर्नुपर्ने बताएको छ।

यता आजै संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले सर्वोच्च अदालतले दिएको आदेशको पूर्ण पाठ सार्वजनिक गरेपछि एनसेलबाट कर असुली हुने बताएका छन्। उनले कानुनी छिद्रतामा टेकेर कर छल्ने प्रयास भइरहेकाले आगामी कानुन निर्माण गर्दा त्यसमा ध्यान दिइने समेत बताए। 

अर्थसमितिले एनसेलसंग लाभकरसहित उठाउन बाँकी रहेको ७१ अर्ब उठाउन निर्देशन दिएको छ। आजै सरोकारवालाहरुसंगको छलफलपश्चात समितिले यस्तो निर्देशन दिएको हो। बैठकमा अर्थमन्त्री ड़ा युबराज खतिवडाले एनसेलको बक्यौता ७१ अर्ब रहेको जानकारी गराएका थिए।  उनले  आयकर, मुल्यअभिवृद्धि कर र लाभकर सहित ७१ अर्ब बक्यौता रहेको बताएका हुन्।

एनसेलको सेयर हस्तान्तरणमा लाग्ने पुँजीगत लाभकर बापतको बक्यौता रकम ६१ अर्ब सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा रहेकोमा उक्त बक्यौता सम्बन्धमा हालै मात्र अदालतले फैसला गरेको जानकारी प्राप्त भएको भन्दै अर्थसमितिले निरज गोबिन्द श्रेष्ठको नाममा समेत १२ अर्ब बक्यौता रहेको जानकारी गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.