|
File Photo

काठमाडौं :  गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ। 

नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिए पनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिए। 'नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौ', उनले भने। 

यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ। बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ। 

प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.