|

काठमाडौं : कैलाली र बर्दियालाई जोड्ने ५०० मिटर लामो १० मिटर चौडा  पुल कर्णाली नदीको चिसापानीमा अवस्थित रहेको छ। ०५० मा बनेको यो पुलले पूरै नेपाललाई सुदूरपश्चिमसँग स्थलमार्गबाट जोडेको छ। यो पुलको निर्माणपश्चात सुदूरपश्चिम नपालकै स्थलमार्ग हुँदै पुग्न सकिएको हो। 

यो पुलको महत्व यतिमा मात्रै सीमित भने छैन। ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर पुललाई थामेर बानाइने यस्तो पुललाई प्राविधिक भाषामा केवल स्टेयड ब्रिज भनिन्छ। यसरी तारहरूले थामेर बनाइएको ठूला पुलहरू दुवैतिर बराबर भागमा फैलाइएर बनाइन्छ तर कर्णाली पुलको भने एउटा भाग लामो र अर्को छोटो छ जसलाई एसिमेट्रक डिजाइन भनिन्छ जसको कारण यो पुल इन्जिनियरिङ कलाको उत्कृष्ट नमुना पनि हो। यस प्रविधिबाट निर्माण गरिएको सम्भवत: नेपालको यो पहिलो पुल हो ।

यो पुल अवस्थित क्षेत्र वातावरणीय र पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण छ। आन्तरिक तथा बाह्‍य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न पुगेका पर्यटकहरू कर्णाली पुलको अवलोकनमा पुग्ने गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.