|

हेटौंडा : जिल्ल प्रहरी कार्यालय मकवानपुरले गोरुसहितको एउटा ट्रक नियन्त्रण लिएको छ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले  मनहरी गाउँपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गको सडकखण्डमा  चितवनबाट  पूर्वतर्फ जाँदै गरेको ना.६ ख ७१६१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा गोरु निकासीपैठारीको लागि चाहिने आवश्यक कागजात नभएको अवस्थामा ३० वटा गोरु फेला परी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जनाएको छ।

ट्रकले पशु ढुवानीसम्बन्धी निर्देशिका २०६४ बमोजिमको मापदण्ड समेत नपुर्‍याइ पशुलाई ट्रकमा कोचेर यातनापूर्वक ढुवानी गरेको पाइएकोले आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट पथलैया बारामा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.