|
File Photo

तनहुँ : बसले ठक्कर दिदा मंगलबार एक बालकको मृत्यु भएको छ। व्यास–५ नेपालटारका ३ वर्षीय सुदर्शन शाहीको मृत्यु भएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते भएका शाहीको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बसको ठक्करबाट बालकको टाउको र शरीरमा गम्भीर चोट लागेको अर्यालले बताए। 

दमौलीबाट साँगेतर्फ जाँदै गरेको ना४ख ७०२३ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.