|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ वर्ष अगाडि दामनमा हिउँ खेल्न जाँदा हेटौंडाका युवकको हत्या गरेर फरार रहेका एकजनालाई पक्राउ गरेको छ।
२०६१ साल माघ ७ गते दामान हिउँ खेज्न जाने क्रममा हेटौंडा २ मानसचोकका विरोज लामाको हत्या गरेर फरार रहेको तत्कालीन पालुङ घर्तिखोला घर भएर बसामाडी २ मा बसोबास गर्दै आएका ईश्वर विष्टलाई प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय पालुङको टोलीले काठमाडौंबाट लुकिरहेको अवस्थामा फेला पारेर उनलाई कैद भुक्तानीका लागि जिल्ला अदालत मकवानपुरमा मंगलबार बुझाएको छ। हिउँ खेल्न जाने क्रममा लामाको हत्या गरी फरार रहेका बिष्टलाई जिल्ला अदालत मकवानपुरले २०६७ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

पक्राउ गरिएको बिष्टलाई कैद भुक्तानका लागि क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशव कौशीकले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.