|

डोटी : शिखर नगरपालिकाले सञ्चालन गरेको नगर बसमा पत्रकार, अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन्। 

नगरपालिकामा  मंगलबार बसेको बैठकले जिल्लामा रहेका ६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, असहाय, अपा‌ंगता भएका व्यक्ति र पत्रकारलाई निःशुल्क रुपमा यात्रा गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए। 

नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले नगरभित्र रहेका अपा‌ंगता भएका व्यक्ति, असहायलाई सेवासुविधा दिन सो निर्णय गरिएको नगरप्रमुख सीताराम जोशीले बताए। 

पत्रकारलाई समाचार संकलनका क्रममा सजिलो होस् भन्ने उद्देश्यले नगरबसमा निःशुल्क यात्राको व्यवस्था गरिएको उनले जानकारी दिए। नगरपालिकाले केही महीनाअघि मात्रै दुई नगरबस सञ्चालनमा ल्याएको छ। अरु गाडीभन्दा उक्त नगरबसले ३० प्रतिशत कम भाडा लिँदै आएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.