डाउनलोड पुग्यो ५० लाख

|

काठमाडौं : हाम्रो नेपाली किबोर्ड नेपालको सर्वाधिक डाउनलोड भएको एप मध्येमा परेको छ।

हाम्रो किबोर्डले बुधवार विज्ञप्ति जारी गरी नयाँ स्वरूप, स्टिकर, इमोजी सहितको अघिल्लो संस्करणमा अत्यधिक माया पाएको उल्लेख गरेको छ। उसले सर्वाधिक डाउनलोड ५० लाख भएको अर्को नेपाली एप बन्न सफल भएकोमा खुसी जनाउँदै आभार व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ 'पछिल्लो अपडेटमा यहाँहरूको मायाको असर यस्तो रह्यो की अब हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न समेत सफल भएको छ। यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आँकडा चुम्न सफल भएको थियो।'

हाम्रो नेपाली किबोर्डले अघिल्लो संस्करणमा नेपालीमै माया र सद्भाव दिने स्टिकर र इमोजीको सुविधा दिएको थियो। हाम्रो किबोर्डले 'प्रयोगकर्ता, शुभेच्छुक र विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुमा प्रेममय फेब्रुअरीको अवसरमाको यो प्रेमिल महिनाले माया, सद्भाव तथा अपनत्वका हरेक सम्बन्धहरूमा सुवास छर्न सकोस्' भनी कामना गरेको छ।

साथै उसले प्रेम दिवस (भ्यालेन्टाइन)को अवसरमा माया, प्रेम अभिव्यक्त गर्न विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरू थपेको जनाएको छ। नयाँ स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तीका शब्द छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.