|

काठमाडौं : पुस महिनामा देशको शोधानन्तर घाटा २२ अर्ब रुपैयाँले घटेको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ८५ अर्ब रुपैयाँले ऋणात्मक रहेको शोधानान्तर (भुक्तानी सन्तुलन) एक महिनामा २२ अर्बले घटेपसि पुस मसान्तमा ६३ अर्ब ६८ करोडमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  रहेको भुक्तानी सन्तुलन ६ महिनामा ६३ अर्ब ६८ करोड रुपैयाँले मात्रै ऋणात्मक भएको छ ।

आर्थिक वर्षको सुरुवातदेखि नै अत्यन्तै बढ्दै गएको शोधानान्तघाटा छ महिनमा आएर ब्रेक लागेको हो। विदेशी ऋण बढेको, आयतमा नियन्त्रण तथा रमिट्यान्स वृद्धिको कारणले गर्दा घाटा घटेको राष्ट्र बैंकले जनाएको छ। 

पुस महिनामा मात्रै गत वर्षको विदेशीबाट लिने ऋण १८ अर्ब पुगेको कारण पनि शोधानन्तर घाटा घटाउन सहयोग पुगेको देखिएको छ। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा छ अर्ब ८९ करोड रुपैयाँको शोधानान्तर घाटा रहेको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.