|

काठमाडौं : पुस महिनामा नेपाल ६७ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाहा भएको छ। नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको छ महिनाको तथ्यांकअनुसार पुस महिनामा ६७ अर्ब रुपैयाँको विप्रषण आप्रवाहा भएको हो। 

साउनदेखि मंसिर महिनासम्म अर्थात पाँच महिनामा तीन खर्ब ७६ अर्ब ५९ करोड विप्रेषण आप्रवाह भएकोमा पुस मसान्तसम्म ६७ अर्बले वृद्धि भई चार खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो। 

विपेषण आप्रवाहा बढेपनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले विप्रषण बढ्दा अन्तिक श्रम स्वीकृति लिनकै संख्या भने ३९ प्रतिशतले घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.