|

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडडले डच टिम आयाक्सलाई २–१ ले हराएको छ। साविक च्याम्पियन रियलले विवादीत खेलमा घरेलु टोलीलाई पराजित गरेसँगै क्वार्टरफाइनल सम्भावनालाई केही बलिाये बनाएको छ।

भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएपछि घरेलु दर्शक रिसले आगो बनेका थिए। यसका कारण पाहुना टोली रियलले जित समेत निकाल्न सफल भयो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले गोल गरेको थियो। उनीहरूले गोलको खुशी मनाए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा रेफ्रीले गोललाई मान्यता दिएनन्। त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट गोल भएन। घरेलु मैदानमा आयक्सले तुलनात्मक रूपमा बढी अवसर सिर्जना गरे पनि रियलको डिफेन्स र गोललाइन तोड्न असफल भयो।

दोस्रो हाफमा रियलले करिम बेन्जेमाको गोलमा अग्रता लियो। ६०औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट मौका सिर्जना गरिदिएपछि बेन्जमाले रियललाई अग्रता दिलाए। तर घरेलु टोलीलाई १५ मिनेट नबित्दै हाकिम जिएकले बराबरीमा ल्याए। डेबिड नेरेसको पासलाई उनले सहज गोलमा परिणत गरेका थिए।

तर रियल अन्तिम केही मिनेट बाँकी रहँदा भाग्यमानी सावित भयो। तीन मिनेट समय बाँकी रहँदा ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले टिमको अग्रता बनाउँदा रियल खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो। अब दोस्रो लेग आगामी ५ मार्चमा रियलको घरेलु मैदान सान्टियागो बर्नेबाउमा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.