|

इंग्सिल क्लब टोटनह्याम हट्स्परले च्याम्पियन्स लीग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–० ले पाखा लगाएको छ। जितसँगै टोटनह्यामको कवटरफाइनल संभावना बलियो बनेको छ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली डर्टमुन्डले गोलका केहि राम्रा मौकाहरु सिर्जना गरेको थियो। तर गोल हुन नसक्दा टोटनह्याम खेलमा हाबी भयो। पहिलो हाफमा दबाबमा देखिएपनि टोटनह्यामले दोस्रो हाफ एकपछिए बनायो।

दोस्रो हाफको सुरुवातमानै दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले इंग्लिस टिमलाई अग्रता दिलाए। उनले जान भर्टोन्घनको क्रसमा उत्कृष्ट गोल संभव बनाए। टोटनह्यामको अग्रता दोब्बर बनाउने क्रममा ८३ औं मिनेटमा भर्टोन्घन आफैले गोल गरेका थिए।

बेम्बलीमा घरेलु दर्शकमा उत्साही देखिएको टोटनह्यामले ४ मिनेट समय बाँकी रहँदा तेस्रो गोल गर्यो। क्रिस्टियन एरिक्सनको कर्नरमा सब्सटिच्युट फर्नान्डो लोरेन्टेले टोटनह्यामलाई ३–० मा पुर्याएसँगै उसको क्वाटरफाइनल संभावना बलियो बनेको छ। अब डर्टमुन्डले घरेलु मैदानमा ५ मार्चमा चमत्कारीक कमब्याक गरेमात्र क्वाटरफाइनल पुग्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.