|

काठमाडौं : संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बस्दैछ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा शनिबार बिहान केन्द्रीय कार्यालयको बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।

माओवादी नेता अग्नी सापकोटाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषय लगायत समसामयिक राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्।

यसैबीच माओवादी केन्द्रले संविधान संशोधनका विषयमा छलफल गर्न शनिबार नै पोलिटब्यूरो बैठक बोलाएको छ। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने माओवादी केन्द्रले जनाएको छ।

सरकारले मधेसकेन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधनको तयारी गरिरहँदा सत्तासाझेदार नेपाली कांग्रेसभित्र संशोधनमा हुने भनिएको सीमांकन हेरफेरको विषयलाई लिएर विवाद देखिएको छ। पढ्नुस्ः सीमांकनमा देउवाले दिन सकेनन् निर्णय : अप्ठेरोमा प्रधानमन्त्री

संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने औचित्य पुष्टि भए संविधान संशोधनमा समर्थन गर्न सकिने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.